बीमा प्राधिकरणका नव नियुक्त अध्यक्षले पूर्व अध्यक्षहरुसँग छलफल गर्ने

१९ फाल्गुन २०८१, सोमबार ०८:१३

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नव नियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणका पूर्व अध्यक्षहरुसँग छलफल गर्ने भएका छन् ।

पूर्व अध्यक्षहरुसँग आज अपरान्ह २ बजे छलफलका लागि आमन्त्रण गरिएको छ । अध्यक्ष ओझाले पूर्व अध्यक्षहरुसँग छलफल गरेर यसअघिका अभ्यासहरुबारे जानकारी लिन खोजेको बताइएको छ ।

प्राधिकरणका पूर्व अध्यक्षहरु सुर्य प्रसाद सिलवाल, चिरञ्जीवी चापागाई, फत्त बहादुर केसी र मदन दाहाललाई आमन्त्रण गरिएको छ ।

One thought on “बीमा प्राधिकरणका नव नियुक्त अध्यक्षले पूर्व अध्यक्षहरुसँग छलफल गर्ने

  1. Prarup Shrestha says:

    youth is youth

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*