पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ सिन्धुली शाखा समिति गठन, अध्यक्षमा टेक बहादुर मगर
१७ फाल्गुन २०८१, शनिबार २१:४२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सिन्धुली शाखा कार्यालयमा पेशागत बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति गठन गरिएको छ ।
शनीबार केन्द्रिय सदस्य मित्र बहादुर माझि र बागमती प्रदेश उपाध्यक्ष गोपाल अधिकारीको उपस्थितीमा बसेको सभाले कार्यसमितिको अध्यक्षमा टेक बहादुर मगर र उपाध्यक्षमा मनिषा बि.क. लाई चयन गरेको छ ।
साथै, महासचिवमा नृप जंग थापा, सचिवमा भागिरथी श्रेष्ठ, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ, स. कोषाध्यक्षमा प्रेमलाल श्रेष्ठ चयन भएका छन् ।
समितिको सदस्यहरुमा क्रमशः शीता पुलामी, शेषराज गौतम, गंगा कुमारी श्रेष्ठ, मन्दिरा घिमिरे, कमला कार्की, केशवलाल श्रेष्ठ, जानुका मगर, राज कुमार श्रेष्ठ र लक्ष्मी श्रेष्ठ रहेका छन् ।