बीमा प्राधिकरणमा दुई महिना अध्यक्ष बनेका मदन दाहालले के–के गरे ?

१४ फाल्गुन २०८१, बुधबार ११:२९

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालेका सहसचिव मदन दाहालले आफ्नो दुई महिनाको अवधिमा गरेका कामहरु सार्वजनिक गरेका छन् ।

यस अवधिमा अध्यक्ष दाहालले लामो समयदेखि रोकीएर रहेको बीमा नियमावली २०८१ लाई मन्त्रिपरिषदबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशन गराउँन सफल भएका छन् ।

अध्यक्ष दाहालले बीमा ऐन, २०७९ को दफा २० को उपदफा ६ को व्यवस्था कार्यान्वयनको लागि प्राधिकरणको तरलता व्यवस्थापन समेतलाई ध्यानमा राखी ऐनमा व्यवस्था भए बमोजिमको रकम क्रमशः संघीय संचित कोषमा दाखिला गर्ने कार्य अगाडि बढाएका छन् ।

नेपाल बीमा प्राधिकरण सेवामा रिक्त रहेका विशिष्ट श्रेणी, कार्यकारी निर्देशक, प्रथम श्रेणी निर्देशक र द्वितिय श्रेणी, उपनिर्देशक पदहरुको कार्यक्षमता मूल्यांकनतर्फको पदपूर्ति कार्य सम्पन्न गर्न सफल गर्न पनि उनी सफल भएका छन् ।

दाहालको कार्यकालमा संचालक समितिको बैठकमा पेश भएको ७१ वटा उजुरीहरु मध्ये ३३ फैसला र ३८ वटा आदेश भएको र सहमती र मध्यस्थताबाट ४ वटा उजुरी किनारा लगाएका छन् ।

बीमकले बीमा दावी निवेदन प्राप्तभए पश्चात् सोको दर्ता गरी यथाशीघ्र बीमितलाई एसएमएस मार्फत जानकारी गराउनुपर्ने, निर्जीवन बीमाको क्षति मूल्याङ्कन गर्न सर्भेयर खटाँउदा सोको जानकारी एसएमएस मार्फत बीमितलाई गराउनुपर्ने, जीवन बीमकले दावी भुक्तानी वापत बीमित वा हकवालालाई कानून बमोजिम भुक्तानी गर्नुपर्ने रकम वीमित वा हकवालाको बैंक खातामा दाखिला नगरी अन्य बीमालेख जारी गरी रकम समायोजन गर्न नपाउने सम्बन्धमा बीमकहरुलाई निर्देशन दिने कार्य उनको कार्यकालमा भएको छ ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल) सञ्चालन सम्बन्धी निर्देशन, २०८१ मा समयानुकुल संशोधन एवं परीमार्जन । अध्यक्ष दाहालले आफ्नो कार्यकालमा पुष ४ गते बंगुर बीमालेख जारी एवम् अलैची खेती बीमालेख, अदुवा खेती बीमालेख र बेसार खेती बीमालेखमा समयानुकुल संशोधन गरिएको थियो ।

सहसचिव दाहाललाई गत मंसिर २७ गते अर्थमन्त्रालयले नीतिगत निर्णय गरी नेपाल बीमा प्राधिकरणको अध्यक्ष रुपमा जिम्मेवारी दिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*