बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले गरे पदभार ग्रहण

१३ फाल्गुन २०८१, मंगलवार १६:१८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार ग्रहण गरेका छन्। उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षको लागि बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषदको बैठकले ओझा लाई बीमा ऐन २०७९ को दफा ८ को उपदफा (९क) बमोजिम आगामी चार बर्षको लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ओझाले आजै अर्थ मन्त्रालयमा शपथ ग्रहण गरेपछि कुपन्डोलस्थित बीमा प्राधिकरणमा पदभार ग्रहण गरेका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई शपथ ग्रहण गराएका थिए।

यसअघि, बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी, शरद ओझा र डा. दामोदर बसौलाको नाम सिफारिस गरेको थियो। तीनमध्येबाट ओझालाई अध्यक्षमा नियुक्त गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*