शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१३ फाल्गुन २०८१, मंगलवार १४:३६

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव अग्रवालको अध्यक्षतामा आज काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा सभा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर तिर्नका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना बदल्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

वार्षिक साधारण सभामा उपस्थित भएका शेयरधनीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले आगामी आर्थिक वर्षमा दुई डिजिटमा लाभांश वितरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले माघ ३० गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा उपस्थित थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*