शिखर इन्स्योरेन्सको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिँदै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा आज फागुन १३ गते बस्दैछ। सभा काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।
सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर तिर्नका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ।
साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना बदल्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले माघ ३० गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।