योग्यता नै नपुगेको व्यक्तिलाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय, बीमा ऐनको धज्जी !

१२ फाल्गुन २०८१, सोमबार २२:३५

काठमाडौं । आज बसेको मन्त्रिपरिषदले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा बीमा ऐन २०७९ को दफा ८ बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आजै साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कृष्णपुर–८, कञ्चनपुरका ३३ बर्षिय शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल सरकार मन्त्रिपरिषदले गरेको सो निर्णय बीमा ऐन २०७९ को दफा ८, उपदफा १ खण्ड (क) बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई अध्यक्षमा नियुक्ती गर्ने निर्णय गरेको हो ।

बीमा ऐनको दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम स्नातकोत्तर तह उत्तिर्ण भई बीमा क्षेत्रमा उच्च तहमा पाँच बर्ष काम गरेको अनुभव स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

तर, आज बीमा प्राधिकरणमा अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएका ओझा कुनै पनि बीमा कम्पनीमा एक दिन काम गरेको अनुभव छैन । उनको शैक्षिक योग्यता बमोजिमको व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण भएपनि पाँच बर्ष अनुभव नभएर अयोग्य भएको हो । ओझाले सञ्चार उद्यममा काम गरेको, कलेज पढाएको, वकालत गरेको भन्ने अनुभवका आधारमा अध्यक्ष छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । र, सोही आधारमा मन्त्रिपरिषदले अध्ययन नै नगरी हचुवाको भरमा बीमा प्राधिकरणमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ओझाको नियुक्तीले बीमा ऐन र कानुनकै धज्जी उडेको मात्रै छैन अदालतमा मुद्दा पर्ने वित्तिकै अन्तरिम आदेश समेत आउने सम्भवना छ । यस्तो अवस्थाले बीमा प्राधिकरण पुनः अध्यक्ष विहिन हुने सम्भावना छ ।

अध्यक्षमा नियुक्त गरिएका ओझा बीमा क्षेत्रका ज्ञाता होइनन् । बरु क्लीकमाण्डु डटकमका विशेष संवाददाता हुन् अर्थात कुशल पत्रकार हुन् ।उनले यसअघिका अर्थमन्त्री वर्षमान पुनले आयकर ऐनको दफा ५७ माथि गरेको छेडखानीबारे समाचार लेखेर यस वर्षको मंसिर १५ गते एक लाख रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेका थिए ।

२०८१ मंसिर १५ गते सेजन अवार्ड अन्तर्गत एक लाख रुपैयाँ राशीको पुरस्कार उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलबाट प्राप्त गर्दै क्लीकमाण्डुका पत्रकार शरद ओझा । तस्विर साभारः क्लीकमाण्डु

 

आजको मन्त्रिपरिषदको निर्णयले बीमा ऐनको धज्जी उडाएको छ । नियामक बीमा प्राधिकरणमा यसअघिका अध्यक्ष सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा बर्खास्त भएका थिए । सिलवाल पछिका अर्का अध्यक्ष समेत बीमा ऐन बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई नियुक्त गर्ने निर्णय गरिएको हो । सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा मुख्य सचिव एकनारायण अर्यालको मोबाइल स्वीच अफ गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*