बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

१२ फाल्गुन २०८१, सोमबार २१:४४

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा  लाई नियुक्त गर्ने निर्णय गरेको छ । बीमा प्राधिकरणको अध्यक्षमा कृष्णपुर–८, कञ्चनपुरका ३३ बर्षिय ओझालाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषदको बैठकले  ओझा लाई बीमा ऐन २०७९ को दफा ८ को उपदफा (९क) बमोजिम आगामी चार बर्षको लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी, शरद ओझा र डा. दामोदर बसौलाको नाम सिफारिस गरेको थियो । सरकारले अध्यक्ष छनौट समितिले सिफारिस गरेका तीन जना मध्येबाट ओझालाई अध्यक्षमा नियुक्त गरेको हो ।

सरकारले गत पुस २६ गते सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग गरेको थियो । कूल १२ जनाको आवेदन परेकामा पाँच जनाको नाम सर्टलिष्टमा परेको थियो । पाँच जनाको सर्टलिष्टमा परेका पूर्व चिरञ्जीवी चापागाई, कमल प्रसाद रेग्मी, डा। दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझासँग प्रस्तुतिकरण लिई पाँच जना मध्येबाट तीन जनाको नाम छनौट गरेको थियो ।

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*