निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २४ अर्ब २७ करोड, कुनको कति ?

१२ फाल्गुन २०८१, सोमबार १५:०२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २७ करोड ४१ लाख १२ हजार रुपैयाँ को बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले माघ मसान्तसम्मको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसाय रहेको छ । कम्पनीले ७ महिनामा तीन अर्ब १३ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीका दक्ष उच्च व्यवस्थापक र सरहल र सहज बीमा दावी भुक्तानीका कारण व्यवसाय सर्वाधिक रहेको कम्पनीले जनाएको छ ।

साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९३ करोड, सिद्धार्थ प्रिमियरको २ अर्ब ४४ करोड, आइजिआई प्रूडेन्सियलले २ अर्ब २ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*