आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन तथा एएमएल सिएफटी तालिम सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन १० गते अनुपालन तथा एएमएल सिएफटीसम्बन्धी तालिम तथा सेमिनार सम्पन्न गरेको छ। बल्थली भिलेज रिसोर्ट, काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रम कम्पनीका उच्च व्यवस्थापन टोलीको उपस्थितिमा सम्पन्न भएको हो।
सेमिनारमा सातै प्रदेशका प्रमुख, विभागीय प्रमुख तथा काठमाडौं उपत्यकाभित्रका शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो। कम्पनीका अनुपालन विभाग प्रमुख प्रकाश कोइरालाले अनुपालन तथा एएमएल सिएफटीका महत्वपूर्ण पक्षबारे विस्तृत जानकारी गराएका थिए।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सबै शाखा, प्रदेश तथा विभागीय प्रमुखहरुलाई नियामक निकायका निर्देशन, ऐन-नियम तथा उच्च व्यवस्थापनबाट जारी परिपत्रहरूको पूर्ण पालना गर्दै ग्राहकलाई सेवा प्रदान गर्न निर्देशन दिए। उनले दैनिक कार्य सञ्चालनमा आवश्यक कानुनी प्रावधान र अनुपालन प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
श्रेष्ठले विभागीय प्रमुखहरूलाई आफ्ना विभागका कर्मचारीहरूलाई र प्रदेश प्रमुखहरूलाई आफ्ना शाखा अन्तर्गतका सम्पूर्ण कर्मचारीलाई ग्राहक पहिचान, ऐन-नियम तथा निर्देशनहरूको पालना गर्दै कार्य गर्न निर्देशन दिएका थिए।