नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कस्तो छ कम्पनीको वित्तीय अवस्था?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गते अर्थात आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।
यस्तै, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले अब बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले फागुन १५ गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ।
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ पाउन लगानीकर्ताले पनि भाग्यकै भर पर्नुु पर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा यस कम्पनीको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ८४ हजार ५ सय जनाले मात्र सेयर हात पार्नेछन् ।
यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
केयर रेटिङ नेपालले म्पनीको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ भदौ ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ६ गतेसम्म बाहल रहनेछ ।
नेपाल माइक्रो इनस्योेरेन्ुस लिमिटेड’ कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा मिति २०७९ पुस ८ गते दर्ता भई बिमा ऐन, २०७९ बमोजिम मिती २०७९ चैत २७ मा लघु जीवन बिमा व्यवसाय गर्ने इजाजत पत्र प्राप्त भएको हो । यसको रजिष्टर्ड कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिकामा रहेको छ ।
यस कम्पनीको कारोबार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय नै हो । आवश्यकता अनुसार नेपाल बिमा प्राधिकरणको स्वीकृति लिई नेपाल राज्यभर तथा विदेशमा आफ्नो शाखा, उपशाखा तथा सम्पर्क कार्यालय खोली लघु बिमा सम्बन्धी कारोबार गर्न सक्नेछ । हाल यस कम्पनीले ९ शाखा, २ उपशाखा, १३ एक्स्टेन्सन काउण्टर र केन्द्रीय कार्यालयबाट आफ्नो लघु बिमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।
कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ७५ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात ७५ करोड रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ३० प्रतिशत रहनेछ ।
कम्पनीले आर्थिक वर्ष २०८३–८४ सम्म चुक्ता पुँजी बढाउने कुनै योजना बनाएको छैन । आर्थिक वर्ष यसअवधिमा आइपीओ जारीपछि कायम चुक्ता पुँजी ७५ करोड रुपैयाँ नै कायम रहन्छ । चालु आर्थिक वर्षको अन्त्यसम्म ७० लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०८२–८३ सम्म १ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाउने कम्पनीको प्रक्षेपण रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३–८४ सम्म १ करोड ५७ लाख ८८ हजार रुपैयाँ कमाउने जनाएको छ ।
यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ९५ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ९० पैसा हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८३–८४ सम्ममा प्रतिसेयर आम्दानी २ रुपैयाँ ११ पैसा हुने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ४३ पैसा हुने प्रक्षेपण छ ।
मेराे पनि २०८३ साल भित्र १ कराेड कमाउने साेच छ । Ipo परिदिनु पर्याे है ।