प्रभु महालक्ष्मी लाइफका ४ सय अभिकर्ताहरु सुकुटे रिट्रिटमा यसरी रमाए

९ फाल्गुन २०८१, शुक्रबार १६:३४

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको सुकुटे रिट्रिट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा फागुन ७ र ८ गते २ दिन विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरी भब्य रुपमा सम्पन्न भएको हो ।

कम्पनीमा आवद्ध ४ सय जना भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा र्याफ्टीङ , आउँदै गरेको होलीको सेलिब्रेसन, भलिबल लगायतका विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*