बीमा कम्पनीले कर्मचारीको तलवभत्तामा खर्चिए ५ अर्ब ६० करोड, अग्रस्थानमा हिमालयन लाइफ र सलिको

९ फाल्गुन २०८१, शुक्रबार १५:५५

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कुल पाँच अर्ब ६० करोड रुपैयाँ बराबरको तलव भत्तासहितको सेवा सुविधा उपलब्ध गराएका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी र सात वटा लघु बीमा कम्पनीमा कार्यरत ११ हजार ४९८ कर्मचारीहरुको सेवा–सुविधामा उक्त रकम खर्च भएको हो ।

कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई विभिन्न तालिम, भ्रमण, बोनश, पारीश्रमिक लगायतका अन्य सेवा सुविधा प्रदान गर्न सो रकम खर्च गर्ने गरेका छन् । बीमा कम्पनीहरुले कर्मचारीलाई विभिन्न वार्षिक, अर्धवार्षिक समीक्षा तथा बिजनेश मिटिङ गर्न पनि उक्त रकम खर्च गर्ने गरेका छन् ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुको लागि तीन अर्ब १२ करोड ११ लाख रुपैयाँ खर्च गरेका छन् । हाल १४ जीवन बीमा कम्पनीहरुमा कुल पाँच हजार ८ सय १८ जना कर्मचारी सक्रिय रहेका छन् । गत आवको तुलनामा कम्पनीहरुको कर्मचारी खर्च ७ प्रतिशतले बृद्धि भएको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको कर्मचारी खर्च ४७ करोड २४ लाख रुपैयाँले सबैभन्दा बढी रहेको छ । कम्पनीको कर्मचारी खर्च गत आवको तुलनामा ९.९८ प्रतिशतले बृद्धि भएको छ ।

साथै, नेपाल लाइफ इन्स्योरेन्सको ३६ करोड ५६ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३२ करोड ८९ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको २४ करोड ६५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योेरेन्सको २३ करोड पाँच लाख रुपैयाँ कर्मचारी खर्च रहेको छ ।

साथै, यस अवधिमा आइएमई लाइफ इन्स्योरेनसको कर्मचारी खर्च गत आवको तुलनामा ३९.६४ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । यता, ११ जीवन बीमा कम्पनीहरुको कर्मचारी बढेको छ भने, तीन वटाको घट्न पुगेको वित्तीय विवरणले देखाएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणमा आधारित, (रकम रु. हजारमा)

निर्जीवन बीमा कम्पनीहरुले कर्मचारी खर्च वापत समीक्षा अवधिमा दुई अर्ब ३२ करोड २५ लाख रुपैयाँ छुट्याएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार हाल निर्जीवन बीमा कम्पनीमा कार्यरत पाँच हजार ६ सय ८० जना कर्मचारीको सेवा सुविधका लागि सो रकम छुट्याएको हो ।

समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कर्मचारी खर्च २६ करोड २३ लाख रुपैयाँले सबैभदा बढी रहेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको कर्मचारी खर्च २५ करोड रुपैयाँ रहेको छ। साथै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २१ करोड ५७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १९ करोड एक लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १८ करोड १८ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा ८ वटा कम्पनीको कर्मचारी खर्च बढेको छ । सबैभन्दा बढी कर्मचारी खर्च बढाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीको कर्मचारी खर्च गत आवको तुलनामा ६२.४० प्रतिशतले बृद्धि भएको वित्तीय विवरणले देखाएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणमा आधारित, (रकम रु. हजारमा)

साथै, हाल सञ्चालनमा रहेका सात वटा लघु बीमा कम्पनीहरुले कर्मचारी खर्च बापत १५ करोड ६३ लाख रुपैयाँ छुट्याएका छन्। जसमा क्रेष्ट माइक्रो लाइफको कर्मचारी खर्च दुई करोड ७० लाख रुपैयाँ रहेको छ।

कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणमा आधारित, (रकम रु. हजारमा)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*