एनएलजी इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड, आइतबारदेखि रकम फिर्ता
९ फाल्गुन २०८१, शुक्रबार ०७:१२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत माघ २० देखि २७ गतेसम्म लिलाम प्रक्रियाद्वारा खरीद आह्वान गरेको शेयर बाँडफाँड गरिएको छ।
कम्पनीले हकप्रद शेयर बिक्री गर्दा बाँकी बसेको ३ लाख २० हजार ५३३.२२ कित्ता शेयर लिलाम बिक्रीमा राखेको थियो। बिक्री अवधिभर प्राप्त शिलबन्दी बोलपत्रहरू फागुन ८ गतेका दिन निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले खोलेर शेयर बाँडफाँड गरेको जनाएको छ।
शेयर बाँडफाँडमा नपरेकाहरूको रकम यही फागुन ११ गते आइतबारदेखि आवेदकको खातामा आईपीएस मार्फत् फिर्ता गरिने समेत कम्पनीले जानकारी दिएको छ।कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।