लाभांश पारित गर्न हिमालयन एभरेष्टले बोलायो साधारणसभा

४ फाल्गुन २०८१, आईतवार ०७:३५

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यही फागुन २७ गते मंगलबार ३१औं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमुल स्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बोलाएको हो।

सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*