बजारमा सुधारको निरन्तरताः फाइनान्स र विकास बैंकका लगानीकर्ता मालामाला, कस्तो अबको यात्रा ?

३० माघ २०८१, बुधबार १५:०८

काठमाडौँ । पुँजी बजार आज पनि झिनो सुधारले निरन्तता दिएको छ । हिजो सामान्य बढेको बजार आज पनि केहि झिनो अकंले बढेको हो । बजार २६ सयको तहमा झरेदेखि नै ठूलो उतारचढाव नभए पनि लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । शेयर बजारमा हाल कम्पनी छानेर सेयर एकुमुलेसन गर्ने क्रम जारी रहँदा दैनिक कारोबार रकम औसतमा सीमित भएको छ ।

लगानीकर्ता अब मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको प्रतीक्षामा रहेका छन् । उनीहरू समीक्षाबाट थप नीतिगत सहुलियतको आशा गरिरहेका छन्, जसले बजारलाई नयाँ उचाइमा लैजान सक्ने विश्वास छ । बैंकमा अधिक तरलता र कर्जा प्रवाह सुस्त रहेका कारण अल्पकालीन लगानी खुला भएमा बजारमा सुधार आउन सक्ने विश्लेषण गरिएको छ । यसैबीच, व्यक्तिगत लगानीकर्तालाई सेयर धितो कर्जाको १५ करोडको सीमा यथावत् रहेकाले यसमा पनि सहजताको माग उठिरहेको छ ।

मौद्रिक नीति समीक्षामा केन्द्रीय बैंकले लचकता अपनाउन सक्ने अपेक्षा गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीको अन्तिम समीक्षा भएकाले सकेसम्म सबैलाई सन्तुष्ट बनाउने गरी नीति ल्याउन सक्ने आँकलन गरिएको छ ।

नेपाल स्टक एक्चसेञ्ज (नेप्से) १.८६ अकंले बढेर २६८५.७३ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन विकास बैंक, फाइनान्स र इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक बढेको छ । उक्त समूहहरुको क्रमशः १.३३ प्रतिशत, १.५६ प्रतिशत र १.२२ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै, जीवन बीमा समूहको ०.४८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बुधबार १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*