यूनाइटेड अजोडको खुद नाफा करिब ७ करोड, प्रतिशेयर आम्दानी ६.६४ रुपैयाँ

३० माघ २०८१, बुधबार ०७:५२

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अुनसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४७ दशमलव १६ प्रतिशतले घटेको हो। गत आवमा कम्पनीले १३ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालू आवमा कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जन घटेकाले नाफा घट्न पुगेको हो।

कम्पनीको आम्दानी गत आवमा ७५ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ६९ करोड ९३ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ४४ करोड ४० लाख रुपैयाँ रहेकोमा चालू आवमा ४४ करोड ३७ लाख रुपैयाँ कायम भएको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत प्रभावित भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा १३ रुपैयाँ ८५ रुपैयाँ रहेकोमा चालू आवमा घटेर ६ रुपैयाँ ६४ पैसा कायम भएको छ।

चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब २ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड रुपैयाँ र महाविपत्ति कोषमा ४ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।

कम्पनीको निर्जीवन बीमाकोषमा गत आवमा ३ अर्ब ३ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ८० रुपैयाँ ६० पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*