सिद्धार्थ प्रिमियरको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म २२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३७ दशमलव ६७ प्रतिशतले घटेको छ। गत वर्ष यस अवधिसम्म कम्पनीले ३६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफा घटे तापनि कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको छ। गत वर्ष कम्पनीको बीमाशुल्क आर्जन ७९ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ।
चालू आवमा कम्पनीको कुल आम्दानी भने घटेको छ। गत आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। कम्पनीको शेयर प्रिमियम ४ लाख रुपैयाँ, स्पेशल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ३१ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।
त्यस्तै चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ०३ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ८७ रुपैयाँ ३४ पैसा रहेको छ।