बीमक संघका नयाँ नेतृत्वद्वारा सपथ ग्रहण, हेर्नुहोस् ७ तस्बिर

२५ माघ २०८१, शुक्रबार १७:१३

काठडमाडौँ । नेपाल बीमक संघका नवनिर्वाचित पदाधिकारीले शुक्रबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। संघको २२औं तथा २३औं वार्षिक साधारण सभा सम्पन्न भएपछि निर्वाचन अधिकृत आनन्द बाबू खड्काले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका हुन्।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिरेन्द्र बैदवार क्षेत्री संघको अध्यक्षमा निर्वाचित भएका छन्। महासचिव पदमा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तले जिम्मेवारी ग्रहण गरे।

संघको उपाध्यक्षमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र कोषाध्यक्षमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ निर्वाचित भएका छन्।

संघको कार्यसमितिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ नयाँ सदस्यका रूपमा निर्वाचित भएकी छिन्। अन्य सदस्यहरूमा द ओरिएन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका सीईओ सञ्चित बज्राचार्य चयन भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*