नेपाल बीमक संघको वार्षिक साधारण सभा सम्पन्न

२५ माघ २०८१, शुक्रबार १६:५२

काठमाडौँ । नेपाल बीमक संघको २२औं तथा २३औं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ। सभाले दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।

कार्यक्रमको संघको नयाँ नेतृत्वले शपथ ग्रहण समेत गरेका थिए। उनीहरुलाई निर्वाचन अधिकृत आनन्द बाबू खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिरेन्द्र बैदवार क्षेत्री संघको अध्यक्षमा निर्वाचित भएका छन् भने महासचिव पदमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त निर्वाचित भएका छन्।

संघको उपाध्यक्षमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र कोषाध्यक्षमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ चयन भएका छन्। नवगठित कार्यसमितिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ सदस्य पदमा निर्वाचित भएकी छिन्। अन्य सदस्यमा द ओरिएन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य चयन भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*