बाढी पहिरोको १२ अर्ब ७८ करोडको क्षतीमा साढे २ अर्ब मात्रै भुक्तानी, भुक्तानीमा ढिलासुस्ती (सूची सहित)

काठमाडौं । गत असोज महिनामा गएको अविरल बर्षाको कारण कुल १२ अर्ब ७८ करोड बीमा दाबीमध्ये बीमा कम्पनीहरुले साढे २ अर्ब मात्रै भुक्तानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले ९ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गर्न अझै सकेका छैनन् ।
निर्जिवन बीमा कम्पनीहरुले गत बर्षको असोजमा गएको अविरल बर्षाको कारण क्षती भएका कुल ३ हजार ७ सय २० दाबीमध्ये २ हजार २ सय ४९ बीमा दाबी भुक्तानी गर्न सफल भएका छन् ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले बढी रकमको दाबी भुक्तानीमा समय लगाएको देखिएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले माघ २३ गतेसम्ममा कुल १२ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ मध्ये बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ मात्रै भुक्तानी गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
त्यस्तै, १ हजार ५ सय ३० बीमा दाबी वापत ९ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गर्न बीमा कम्पनीहरुले अझै पनि सकेको छैन । बीमा प्राधिकरणले बीमा कम्पनीहरलाई प्रत्येक हप्ताको एक वुधवार बाढी पहिरोकोे क्षतीको विवरण प्राधिकरणमा पेश गर्न छिटोछरितो रुपमा भुक्तानी गर्न निर्देशन दिएपनि बीमा कम्पनीहर यस दाबीको बिषयमा भने अटेर गदै आईरहेका छन् ।
पाँच महिनाबितिसक्दा पनि बीमा कम्पनीहरुको ढिलासुस्तीको कारण बीमितहरु मर्कामा परेका छन् । बिशेष गरी सम्पत्ति बीमामा सबैभन्दा धेरै क्षती भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
यस अवधिमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बाढी पहिरोवापतको बीमा दाबी भुक्तानी गर्न सफल भएका छन् । कम्पनीमा २ अर्ब ६३ करोड रुपैयाँको दाबी परेको छ भने ३१४ वटा दाबी वापत ५२ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको छ भने १९८ वटा बीमा दाबी वापतको १ अर्ब ८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीमा ४६६ वटा बीमा दाबी वापत कुल १ अर्ब १४ करोड रुपैयाँ बीमा दाबी परेको छ भने कम्पनीले हालसम्म ४४० वटा बीमा दाबी वापत ४४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने ११९ वटा ७० करोड रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकि रहेको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको ४३० वटा बीमा वापतको १ अर्ब ३६ करोडको दाबी परेको छ भने कम्पनीले हालसम्म ३५ करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ भने १९ वटा बीमा दाबी वापत १ अर्ब बढी भुक्तानी गर्न बाँकि रकम देखिएको छ ।
नेकोले १८ करोड ४१ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ३५ करोड ३७ लाख, हिमालयन एभरेष्टले १५ करोड ८४ लाख, आइजीआई प्रुडेन्सियलले २० करोड ९१ लाख, सानिमा जीआइसीले १७ करोड ९७ लाख र नेपाल इन्स्योरेन्सले ४ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । राष्ट्रिय बीमा कम्पनीले ९ लाख ६५ हजार दाबी भुक्तानी गरेको छ ।
प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियरले १ अर्ब ८८ करोड ५७ लाख, दि ओरिन्टियलले १ अर्ब ३१ करोड ४७ लाख, सगरमाथा लुम्बिनीले १ अर्ब १ करोड ३५ लाख, सानिमा जीआइसी इन्सुरेन्सले ७१ करोड ८४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यस्तै, हिमालयन एभरेष्टले ७२ करोड ९४ लाख, एनएलजीले ७७ करोड १८ लाख, नेकोले ७६ करोड ४५ लाख, युनाइटेड अजोड ४९ करोड ९१ लाख, नेसनलले ४४ करोड ५६ लाख, आइजीआई प्रुडियन्सीयलले २० करोड ४३ लाख तथा नेपाल इन्स्योरेन्सले ३५ करोड १४ लाख , प्रभुले २६ करोड ९५ लाख, राष्ट्रिय बिमा कम्पनीले २० करोड ६८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
लघुबीमातर्फ
माईक्रो इन्स्योरेन्सतर्फ स्टार माईक्रो इन्स्योरन्समा १० वटा बीमा दाबी वापत ३६ लाख रुपैयाँ वापतको दाबी रहेको छ भने कम्पनीले ६ वटा बीमा दाबी वापत ३ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने ४ वटा बीमा दाबी वापत ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको छ ।
प्रोटेक्टिभ माईक्रोमा ७ वटा बीमा दाबी वापत ५ लाख ४० हजार रुपैयाँमध्ये पाँच बीमा दाबीको रकम वापत १ लाख १९ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ भने एउटा बीमा दाबी वापत २ लाख २० हजार रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको छ ।
ट्रष्ट माईक्रो र नेपाल माईक्रोले सबै बीमा दाबी भुक्तानी गरिसकेको छ ।
कुन क्षेत्रमा कति बीमा दाबी ?
बीमा प्राधिकरणको आँकडा हेर्दा सबैभन्दा धेरै सम्पत्ति बीमामा दाबी परेको छ ।
९ अर्ब २० करोड रुपैयाँ वापतको सम्पत्ति बीमामध्ये १ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी भएको छ भने ७ अर्ब बढी रकम बीमा कम्पनीमार्फत भुक्तानी हुन बाँँकि रहेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
इन्जिनियरिङ तथा ठेकदार बीमा वापत २ अर्ब ७३ करोड वापत १५ करोड रुपैयाँ भुक्तानी भएको छ भने २ अर्ब ४९ करोड रुपैयाँ भुक्तानी हुन बाँकि रहेको छ ।
मोटर निजि वापत ४२ करोड ४१ लाख रुपैयाँ वापतको दाबी परेको छ भने २१ करोड रुपैयाँको दाबी भुक्तानी भईसकेको छ ।
त्यस्तै, मोटर बीमा सार्वजनिक वापत ३१ करोड रुपैयाँ वापत २२ करोड रुपैयाँ भुक्तानी हुन बाँकि रहेको छ ।