बीमा प्राधिकरणकाे कार्यकारी निर्देशकमा सिफारिस भएका सुवेदीलाई सिईओहरूकाे बधाई

२४ माघ २०८१, बिहीबार १५:५१

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सुशिल देव सुवेदीलाई नेपाल बीमक संघले सफल कार्यकालको लागि शुभकामना तथा बधाई दिएको छ ।

बिहीबार नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीसहित विभिन्न निर्जीवन बीमा कम्पनी तथा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापासहितको उपस्थितीमा शुभकामना व्यक्त गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले नवनियुक्त कार्यकारी निर्देशक सुवेदीलाई खादा तथा फुलमालासहित बधाइ ज्ञापन गरेका छन् । कार्यक्रममा नेपाल बीमक संघका उपाध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवारसहितको उपस्थिती रहेको थियो ।

प्रभु इन्स्योरेन्सका कार्यकारी अधिकृत सञ्चित बज्राचार्य, नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का, आइजिआई प्रुडेन्सियलका सीईओ योगेश भक्त वाडे श्रेष्ट र द ओरियन्टल इन्स्योरेन्सका सीईओ टोटन चक्रवर्ती लगायतको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*