शेयर बजारमा उछाल आउदा ९ कम्पनीमा सकारात्मक सर्किट, २०२ कम्पनीको शेयरमूल्यमा हरियाली

२० माघ २०८१, आईतवार १५:१६

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा उछाल आएसँगै २०२ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा नौ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट नै लागेको छ ।

आइतबार उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट, ग्रामिण विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*