एनआरएन र सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सवैभन्दा बढी शेयर खरिद–बिक्री
२० माघ २०८१, आईतवार १५:०६

साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा उछाल आएसँगै एनआरएन इन्फ्रास्टक्चरको ४१ करोड ६९ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएको छ । साथै, यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको ३४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन हिमालयन पावर पार्टनरको २९ करोड ७२ लाख २५ हजार, सिन्धु विकास बैंकको २९ करोड ३७ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको २७ करोड ८१ ल लाख रुपैयाँको शेयर कारोबार भएको छ ।