राष्ट्रिय किताबखानाका शाखा अधिकृतको जागिर चैट, विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२० माघ २०८१, आईतवार १४:०८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्त नरहरी घिमिरेले बताए ।
अख्तियारले उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो । मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको बयान सुरु भइसकेको छ । उनलाई अख्तियारले १४ पुस, २०८१ मा तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।