बैंकिङ प्रणालीमा तरलता कम गर्न आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक
२० माघ २०८१, आईतवार १३:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झर्न नदिन वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो ।
आइबार उक्त २१ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले गत पुस २८ गते लिएको ४० अर्ब आजै परिपक्क भएपछि थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।