यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
२० माघ २०८१, आईतवार ०९:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (माघ २० गते) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ ।
यस्तै, आइतबार एक यूरोको खरिददर १४३.४८ रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७१.६० रुपैयाँ र बिक्रीदर १७२.३४ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५.८९ रुपैयाँ र बिक्रीदर ८६.२६ रुपैयाँ रहेको छ । यसदिन १० जापानी येनको खरिददर ८.९४ रुपैयाँ र बिक्रीदर ८.९८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७।६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ कायम भएको छ ।