कोरम नपुगेर स्थगित भएको जोशी हाइड्रोपावरको साधारण सभा माघ २४ गते

२० माघ २०८१, आईतवार ०८:१३

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा माघ २४ गते बोलाएको छ । यसअघि माघ १५ मा बोलाएको २ आर्थिक वार्षिक साधारण सभा गणपूरक संख्या ९कोरम० नपुगेपछि स्थगित भएको थियो । सोही सभा पुनः बस्न लागेको हो । कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा बोलाएको हो । साधारण सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा–नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*