एनआइसी एसिया लघुवित्तको खुद ब्याज आम्दानी घटेपनि नाफामा देखिएन असर, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । दोस्रो त्रैमासमा एनआइसी एसिया लघुवित्तको खुद नाफा २८१।०१ प्रतिशतले बढेर ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, खुद ब्याज आम्दानी भने १६।१८ प्रतिशतले घटेर ३३ करोड ४७ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी घट्दा पनि यसको इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा यसको खुद नाफा बढेको हो । यसअवधिमा ५ करोड ८९ लाख ३९ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्सल भएको छ ।
तथापि, यस अवधिसम्म आइपुग्दा यसको खराब कर्जा १३।३७ प्रतिशत छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा छ ।