क्रेष्ट र नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कतिले दिए आवेदन ?

१८ माघ २०८१, शुक्रबार १८:३१

काठमाडौँ । हाल दुई माइक्रो इन्स्योरेन्सको आइपीओ खुला रहेको छ । कम्पनीहरुले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीलाई आवेदन खुला गरेको हो ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स

माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको उक्त आइपीओमा ९ करोड १५ लाख १३ हजार रुपैयाँको आवेदन परेकोछ । सीडिएसका अनुसार आज अर्थात् माघ १८ गते साझ ५ बजेसम्ममा ३२ हजार ८१२ जनाले ९ लाख १५ हजार १३० कित्ता दागि आवेदन दिइएका हुन् ।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ लाख ५० हजार कित्ता प्रतिशेयर १०० रुपैयाँका दरले सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

सोमध्येबाट १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

वैदेशिक रोजगारमा रहेकाले आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति माघ २९ गतेसम्म रहेको छ।

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सकिनेछ।

कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स

माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओमा १४ करोड ८७ लाख ४२ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात् माघ १८ गते साँझ ५ बजेसम्ममा ४६ हजार ५१८ जनाले १४ लाख ८७ हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत हिस्सा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएको छ।

यसमा १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरका २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले खरिद गर्न पाउनेछन्। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो शेयर खरिद गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बिक्रीपछि बाँकी रहेको खण्डमा सो समेत जोडेर दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पहिलो चरणको आईपीओ खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। प्रतिकित्ता शेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

केयर रेटिङ नेपालले कम्पनीको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*