जीवन विकास लघुवित्तका अध्यक्षको बैठक भत्ता ६६ प्रतिशतले बढ्यो, सञ्चालकको कति ?

१८ माघ २०८१, शुक्रबार १७:५४

काठमाडौँ । जीवन विकास लघुवित्तका सञ्चालक समिति अध्यक्ष बिक्रम राज सुवेदीको बैठक भत्ता ६६।६६ प्रतिशतले वृद्धि भएको छ। अब उनले प्रतिपरिषद् बैठक १० हजार रुपैयाँ पाउनेछन्। यसअघि यो रकम ६ हजार रुपैयाँ थियो।

छैटौं वार्षिक साधारणसभाले अध्यक्षसहित सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने निर्णय गरेको हो। साधारणसभाको निर्णयअनुसार सञ्चालकहरूको बैठक भत्ता ६० प्रतिशतले वृद्धि भई ८ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि उनीहरूलाई ५ हजार रुपैयाँ उपलब्ध गराइन्थ्यो।

सञ्चालकहरूको दैनिक भत्ता पनि निर्धारण गरिएको छ। स्वदेशमा ५ हजार, भारतमा ४ हजार र अन्य विदेशी मुलुकमा २५० अमेरिकी डलर दिनेसमेत व्यवस्था गरिएको छ। होटल खर्चको हकमा स्वदेशमा प्रतिदिन ५,५०० रुपैयाँ, भारतमा प्रतिदिन ४,००० भारतीय रुपैयाँ र अन्य विदेशी मुलुकमा २५० अमेरिकी डलरसम्म बिल बमोजिम उपलब्ध गराइने छ। यातायात खर्च वास्तविक लागतअनुसार दिने निर्णय गरिएको छ।

पत्रपत्रिकाका लागि अध्यक्ष र सञ्चालकलाई मासिक ३,००० रुपैयाँ र सञ्चार तथा इन्टरनेट खर्चबापत मासिक ४,००० रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ। यी खर्चहरूका लागि बिल पेश गर्नुपर्ने छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*