शिखर नगरपालिकामा रास्वपा डोटीको पालिका भेला सम्पन्न, गोरख बोगटी सभापतिमा चयन
१७ माघ २०८१, बिहीबार १६:०४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीको संगठन विस्तार अभियान अन्तर्गत शिखर नगरपालिकामा माघ १६ गते पालिका भेला सम्पन्न भएको छ। रास्वपा प्रदेश उपसभापति नरेन्द्र खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिल्ला सभापति केशब बलायर, उपसभापति धन बहादुर बोहरा र जिल्ला सचिव केशब परियारको विशिष्ट आतिथ्य रहेको थियो।
भेलाले गोरख बोगटीको नेतृत्वमा सर्वसम्मत पालिका समिति गठन गरेको छ। नवगठित समितिमा पूर्ण बाग उपसभापति, पारस बलायर सचिव, रत्ना खड्का कोषाध्यक्ष र हरी दमाई, नर बहादुर बलायर तथा लाल बहादुर मल्ल सदस्य चयन भएका छन्।