खल्तीको सेवा सुधारका लागि प्रणाली स्तरोन्नति, केही समयको लागि सेवा बन्द
१७ माघ २०८१, बिहीबार १५:४३

काठमाडौँ । खल्तीले आज अर्थात् माघ १७ गते राति ९ बजे देखि माघ १८ गतेबिहान ४बजेसम्म आफ्नो सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय खल्तीको प्रणालीमा सुधार र माइग्रेशनको लागि गरिएको हो।
यस सुधारको उद्देश्य ग्राहकहरूलाई अझ प्रभावकारी, सुरक्षित र द्रुत सेवा प्रदान गर्नु हो। सेवाहरू बन्द रहने अवधिमा ग्राहकहरूले मोबाइल रिचार्ज, बिल भुक्तानी, वालेट ट्रान्ज्याक्सन लगायतका सामान्य सेवाहरू प्रयोग गर्न सक्ने छैनन्।
खल्तीको यस प्रणाली स्तरोन्नतिको प्रक्रिया ग्राहकहरूको सेवा अनुभवलाई अझ सुधार्ने र सुविधाजनक बनाउने उद्देश्य राखेको छ।