जन्मदिनमा छोरालाई रिलायबल नेपाल लाइफको बीमा पोलीसी उपहार

१७ माघ २०८१, बिहीबार १५:३०

काठमाडौँ । खैरहनी नगरपालिका–४, चितवन निवासी दम्पती राजकुमार कुमाल तथा श्रीमती सुनिता कुमालले आफ्नो २ बर्षिय छोरा रोनिक कुमालको दोस्रो जन्मदिनको अवसरमा जीबन बीमा पोलिसी उपहार दिएका छन् ।

उक्त दम्पतीले रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अति नै रुचाईएको सर्वसुलभ बाल जीबन बीमा योजना अन्तर्गतको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् । उक्त बीमालेख कम्पनीका हाकिमचोक शाखाका शाखा प्रबन्धक राज कुमार दाहाल, सिनियर एजेन्सी म्यानेजर तारा कुमाल, एजेन्सी म्यानेजर सदिक्षा कुमाल को उपस्थितीमा हस्तान्तरण गरिएको हो ।

आजकल अधिकांश शिक्षित व्यक्तिहरुले आफ्ना प्रियजनहरुको जन्मदिन, ब्रतबन्ध, बिवाह, बैवाहिक बर्षगाठ जस्ता बिशेष दिनहरुमा यसरी बीमा पोलीसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*