आठौँ ‘चेम्बर एक्स्पो–२०२५’ भृकुटीमण्डमा सुरु, हेर्नुहोस् यी २० तस्बिर

१७ माघ २०८१, बिहीबार १४:४१

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। ५ दिनसम्म चल्ने उक्त एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।

एक्स्पोमा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोजेक्टसहित कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडा, अटोमोबाइल, विद्युतीय सामग्री, फर्निचर र गहनालगायत उत्पादनहरू प्रदर्शनमा छन्। नेपाल, बंगलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायत देशका व्यवसायीले सहभागिता जनाएका छन्।

स्वदेशी तथा विदेशी गरी १२५ भन्दा बढी स्टल रहेको एक्स्पोमा कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

 

तस्बिरः दिपक विष्ट/बीमापोष्ट डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*