नेपालको निर्यातको आँकडा नक्कली होः प्रधानमन्त्री ओली

१७ माघ २०८१, बिहीबार १२:४४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातको आँकडा नक्कली रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ८औं एक्स्पोमा सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘निर्यातको आँकडा नक्कली आँकडा हो । नेपाल मै उत्पादन भएका बस्तु निर्यात हुन सकेको छैन । नेपालले उत्पादनमा जोड दिन सकेको छैन।’

विदेश बाट लिएर बिक्री गर्न काम भइरहेको छ जसलाई हामिले निर्यात भन्ने गरेको ओलीको भनाइ रहेको छ ।

‘उत्पादनमा जोड दिनु पर्छ ठुलो मात्रामा उत्पादन गर्न सक्यो भने मात्र निर्यात गर्न सकिन्छ। उत्पादन भएका जुनसुकै कुरा पनि निर्यात हुन्छ । सोहि कारण उत्पादन मुख्य माध्यम हो।’ प्रधानमन्त्री ओलीले भने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*