हमासद्वारा पाँच जना थाई नागरिकलाई बिहिवार रिहा गर्ने, नेपालका बिपिनबारे अन्योलै

१६ माघ २०८१, बुधबार २२:१९

काठमाडौं । इजरायल प्यालेस्टाइन युद्धको क्रममा २०२३ को अक्टोबरदेखि आफ्नो कब्जामा रहेका १० जनालाई बिहिवार हमासले रिहा गर्ने भएको छ । सो मध्ये पाँच जना थाई नागरिक समेत रिहा हुनेछन् । हमासले बन्धक बनाएको मध्ये नेपाली नागरिक बिपिन रेग्मीबारे भने अन्योलता कायमै रहेको छ ।

इजरायली सञ्चार माध्यम टाईम्स अफ इजरायलका अनुसार हमासले भोलि पाँच जना थाई नागरिकलाई रिहा गर्दैछ । हमासले कूल १० जना विदेशीलाई बन्धक बनाएको थियो । आठ जना थाई र एक–एक जना नेपाली र तान्जानियन नागरिक रहेका छन् । दुई जना थाई नागरिकको निधन भइसकेको जनाइएको छ । बाँकी विदेशीहरु कहिले रिहा हुन्छन् खुलेको छैन ।

हमासले चार जना इजरायलीको नाम सार्वजनिक गरेको छ । अर्बेल योहोड, अगम बर्गर, गाडी मोसे मोज रहेका छन् । भोलि रिहा हुने मध्ये एर्का एक जनाको परिचय खुलाइएको छैन । यसअघि सार्वजनिक गरिएको ३३ जना मध्येबाट हुने जनाइएको छ ।

नेपालका विपिन रेग्मीको रिहाईबारे सरकारले ठोस पहल गर्न सकेको छैन । सरकारले हमाससँग कुरा गर्न सकेको छैन । उल्टै रिहा गर्ने भन्दै इजरायल सरकारसँग मात्रै कुरा गरेर विपिन रेग्मी रिहा गर्न पहल गरिएको जनाउँदै आएको छ ।

नेपाल सरकारले प्यालेस्टाईन र इजरायल बीचको युद्धमा न्यायको पक्षमा उभिन सकेको छैन । विदेशीको कठपुतली बनेर इजरायलको पक्षमा उभिँन खोजिरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*