पाचौं पटक ‘एमडीआरटी’ क्वालिफाइड मोकेन्द्र यादव नेपाल लाइफबाट सम्मानित, आजीवन सदस्यता लिने लक्ष्य

१६ माघ २०८१, बुधबार २१:२२

काठमाडौँ । नेपाल लाइफ लाइफ इन्स्योरेन्सले वरिष्ठ एजेन्सी म्यानेजर मोकेन्द्र यादब सन् २०२५ को एमडिआरटीसहित लगातार पाचौं पटक क्वालिफाइड भएको अवसरमा सम्मानि, पत गरिएको छ।

लगातार दश वर्षसम्म एमडिआरटीमा क्वालिफाइड बन्दै विश्वको एकमात्र ग्लोवल संस्था एमडिआरटीको आजीवन सदस्याता लिने लक्ष्य लिएका यादवले २०२१ देखि निरन्तर एमडिआरटी र दुई पटक सीओटी क्वालिफाइड भएका छन् ।

सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं.५मा जन्मेका बहुआयामिक व्यक्तित्व उनी बीमा अभिकर्ताको अतिरिक्त राजनीतिकर्मी हुन् । जनमानसमा बीमा अभिकर्ताको माध्यमबाट बचत र सुरक्षाको वीत्तिय साक्षरता फैलाइरहेका मोकेन्द्र यादव प्रत्यक्ष तथा परोक्ष रूपमा समाजसेवामा समेत जोडिएका छन् ।

‘देशमा आर्थिक मन्दी छ, यो देशमा केहीपनि हुन सक्दैन’ भन्दै विसङ्गति बोध गर्ने हजारौं युवा आफ्नो मातृभूमि छोडेर विदेशीरहेको सन्दर्भमा पनि ‘हामी आफ्नै देशमा केही गर्न सक्छौं भन्ने’ सन्देश आफूले दिन खोजिरहेको मोकेन्द्र यादव बताउँछन् ।

नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका अभिकर्तामध्ये अन्तर्राष्ट्रिय प्लेटफर्म उत्कृष्ट एमडीआरटी विजेता बन्न सफल मोकेन्द्र यादबलाई नेपाल लाइफले द सोल्टी काठमाडौँमा भव्य कार्यक्रमकाबीच सम्मान गरेको नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका प्रमुख दशरथ झाले बताए । मोकेन्द्र यादबसहित देशभरबाट एमडीआरटी जित्न सफल ९५ जना अभिकर्ता सम्मानित भएका थिए ।

उनी प्रदेशमा बीमा क्षेत्रको प्रेरणाको स्रोत नै बनेका छन् । उनले भने “मेरो मिहेनत र लगनशीलताकै कारण यो सम्मान पाएको हुँ। सम्मानले अझै आफ्नो कामप्रति अपनत्व र जिम्मेवारी थपिएको महसुस गरेको छु” । “मलाई माया र विश्वास गर्नुहुने सबैलाई धन्यवाद दिन्छु।” जीवन बीमा गर्ने र गराउने दुवैको भविष्य उज्वल रहेको उनको भनाइ छ।

तर उनले निरन्तर यहि पेशामा अगाडी बढ्ने, क्लेम परेको अवस्थामा बीमितलाई क्लेम लिन सहयोग गर्ने गर्दै गएपछि उनीप्रति मानिसहरुको विश्वास बढ्दै गयो ।नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सो अवसरमा पुनर्ताजगी तालिमसमेत प्रदान गरेको छ । नेपाल लाइफका सीईओ प्रविन रमण पराजुलीले अभिकर्ताहरू बीमा कम्पनिका मेरुदण्ड भएकाले उनीहरूकै अथक मेहनत र परिश्रमको कारण आज कम्पनी उत्कृष्ट बन्न सफल भएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*