आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा बढीको आवेदन
![](https://www.beemapost.com/wp-content/uploads/2024/06/ICFC-Finance.jpg)
काठमाडौं । आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा सात गुणा बढीको आवेदन परेको छ ।
ऋणपत्रमा ९ हजार ४ सय ६७ जना आवेदकले निवेदन दिएका छन् । निवेदकले ७ लाख ७ हजार ९ सय ११ कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले ३० करोड रुपैयाँबराबरको सात वर्षे विकास ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर( २०८८’ जारी गरेको हो । जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गरेको छ ।
कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। । बाँकी १ लाख २० हजार इकाइको कम्पनीले सार्वजनिक निष्कासन गरेको हो ।
सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
उक्त ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइका लागि खरिद आवेदन दिएका थिए ।
ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरू र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।