क्रेष्ट माइक्रो लाइफको आइपीओमा ६ करोड ६८ लाख रुपैयाँको आवेदन

१६ माघ २०८१, बुधबार १८:१५

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा ६ करोड ६८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार बुधबार साझ ५ बजेर ६ मिनेटसम्मको अवधिमा २३ हजार ९४६ जना निवेदकले ६ लाख ६८ हजार ५७० कित्ताको लागि निवेदन दिएका हुन् ।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ लाख ५० हजार कित्ता प्रतिशेयर १०० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ । सोमध्येबाट १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको छ ।

वैदेशिक रोजगारमा रहेकाले आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति माघ २९ गतेसम्म रहेको छ।

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*