सुधारिदै माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः खुद नाफा र खराब कर्जामा कसको अवस्था कस्तो ? (तथ्यांकसहित)

१६ माघ २०८१, बुधबार १५:२१

काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट सुधारिदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो बन्दै गएका छन् ।

हाल सञ्चालनमा रहेका १४ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५० वटा लघुवित्त कम्पनीहरु रहेका छन्, जसमा १४ वटाले मात्र हालसम्म दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

प्रकाशित वित्तीय विवरणका अनुसार अधिकांश कम्पनीहरुको खराब कर्जामा सुधार भएसँगै नाफामा बढोत्तरी भएको छ । नियमन निकाय नेपाल राष्ट्र बैंक र सरकारको साथ सहयोगका साथै स्वयम कम्पनीहरुको सक्रियतामा खराव कर्जा घट्दै गएको हो ।

समीक्षा अवधिमा १४ लघुवित्त कम्पनीहरुमध्ये ग्रामीण विकास लघुवित्तले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । संस्थाले यस अवधिमा १८ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.८४ प्रतिशतले बढी हो । कम्पनीको खराव कर्जा पनि ३.४८ प्रतिशतले घटेको छ ।

त्यस्तै, ग्लोबल आइएमई लघुवित्तले दोस्रो त्रैमाससम्ममा ११ करोड ८३ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तले आठ करोड सात लाख रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्सले पाँच करोड २३ लाख रुपैयाँ, आरएसडीसी लघुवित्तले चार करोड ४१ लाख रुपैयाँ, आरम्भ चौतारी लघुवित्तले तीन करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

समीक्षा अवधिमा हिमालयन लघुवित्तले दुई करोड ६० लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सले एक करोड ५५ लाख रुपैयाँ, गुराँस लघुवित्तले एक करोड ५४ लाख रुपैयाँ, आत्मनिर्भर लघुवित्तले ८४ लाख ३१ हजार रुपैयाँ, धौलागिरी लघुवित्तले २० लाख ८१ हजार रुपैयाँ मुनाफा कमाउन सफल भएका छन् । यस अवधिमा सामुदायिक लघुवित्त र इन्फिनिटी लघुवित्तको मुनाफा ऋणात्मक रहेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा,

शेयर बजारमा सबैभन्दा बढी मुल्य रहेको आत्मनिर्भर लघुवित्तको खराव कर्जा सबैभन्दा बढी रहेको छ । यस संस्थाको खराव कर्जा दोस्रो त्रैमाससम्मको अवधिमा १५.०९ प्रतिशत रहेको छ । शेयर बजारमा बहुल्यता रहेको आत्मनिर्भर लघुवित्त खराव कर्जा आकाशियसँगै कम्पनीका अधिकांश प्रमुख वित्तीय सूचांकहरु धरासायी बन्दै गएका छन् ।

यस्तै, इन्फिनिटी लघुवित्तको खराब कर्जा ९.८५ प्रतिशत, स्वावलम्बन लघुवित्तको ८.२८ प्रतिशत, हिमालयन लघुवित्तको ५.६२ प्रतिशत, धौलागिरी लघुवित्तको ५.५० प्रतिशत, समुदायिक लघुवित्तको ४.८९ प्रतिशत खराब कर्जा रहेको छ । यस अवधिसम्ममा अधिकांश लघुवित्त कम्पनीहरुको खराब कर्जा घट्ने क्रम जारी रहेको छ । जुन एकदमै खुशीको कुरा रहेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*