समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी

१६ माघ २०८१, बुधबार १४:२८

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीनवटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ३५ दिने सूचना जारी गर्दै ऋण चुक्ता गर्न आग्रह गरेको छ। बागमती प्रदेश सरकार अन्तर्गतको समितिले ललितपुरको सुमेरु र काठमाडौंका लालीगुराँस तथा नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई निर्धारित समयभित्र ऋण रकमको सावाँ र ब्याज बुझाउन भनेको हो।

गत पुस २८ गते बागमती प्रदेश सरकारले ती तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो। समितिले सोमबार जारी गरेको सूचनामा भनेको छ कि यदि ऋणीहरूले तोकिएको ३५ दिनको समयमा आफ्नो दायित्व पूरा नगरे भने उनीहरूको आर्थिक कारोबार, बैंक खाता र चल अचल सम्पत्ति रोक्का राखी कालो सूचीमा राखी कारबाही गरिने छ।

साथै, समितिले तीनवटै सहकारीका सञ्चालक र कर्मचारीलाई सम्वन्धित सम्पूर्ण कागजात र सम्पत्ति समितिको कार्यालयमा बुझाउन र कुनै कारोबार नगर्न निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*