नेको इन्स्योरेन्सद्वारा देशभरीमा ठूलो संख्याले कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदहरुमा सातै प्रदेशमा कर्मचारी माग गरेको हो ।
नेको इन्स्योेरेन्सले हेड अफिस काठमाडौंको लागि चिफ अप्रेटिङ अफिसर र काठमाडौं उपत्यकाका अधिकांश शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर पदमा अनुभवी तथा क्षमतावान कर्मचारी माग गरेको छ ।
साथै सातै प्रदेशबाट जेआर अफिसर, अफिसर र एसआर अफिसर तथा सुपरभाइजर, एसआर एसिस्टेन्ट, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट लगायतका विभिन्न पदमा केही संख्याले कर्मचारी माग गरेको छ ।
सूचना अनुसार उक्त पदहरुमा आवेदन दिन इच्छुक नेपाली योग्यता पुगेका नागरिकहरुले आवश्यक कागजातसहित संस्थाको आधिकारीक तथा सूचनामा उल्लेख गरेको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।