नेक्सजेन म्यानेजमेन्टको कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा दिने, खराब कर्जा रोक्ने लक्ष्य

१६ माघ २०८१, बुधबार १२:४८

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने निर्णय गरेको छ। अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा माघ १५ गते बसेको संचालक समितिको बैठकले २०८१ फाल्गुन १ गतेबाट बैंक वित्तीय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने निर्णय गरेको हो।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालनको घोषणा गरेको छ। यो कम्पनी बैंक वित्तीय संस्थासँग सम्झौता गरेर ऋणीलाई न्यूनतम शुल्कमा परामर्श दिनेछ। यस अन्तर्गत उद्योग व्यवसायलाई कर्जा र बिक्री रकमको उचित प्रयोग, लेखा प्रणाली र कर व्यवस्थापन, कस्टमर रिलेशनशिप, बजार व्यवस्थापन, उधारो बिक्री र असुली व्यवस्थापन, फण्ड म्यानेजमेन्ट र नियमकिय व्यवस्था परिपालनको लागि परामर्श दिइनेछ।

कर्जा प्रवाहका लागि नेक्सजेन र बैंक वित्तीय संस्थाबीच सम्झौता हुने र ऋणीले मासिक रूपमा उद्योगी व्यवसायीको सम्पर्कमा रहेर स्थलगत अवलोकन र परामर्श सेवा लिनेछन्। यस प्रकारको परामर्श सेवा ऋणी आफैले पनि सम्झौता गरेर लिन सक्नेछन्।

देशमा आर्थिक संकट बढ्दै गइरहेको र खराब कर्जाको बोझ बढ्दो स्थितिमा, नेक्सजेन म्यानेजमेन्टको यो सेवा बैंक वित्तीय संस्थाका ऋणीहरूलाई उपयोगी र फलदायी हुने विश्वास लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*