टाटा नानो ईभी लन्च हुँदै: फुलचार्जमा २०० किलोमिटरसम्म रेन्ज, मूल्य ३ लाख
काठमाडौँ । टाटा नानो इलेक्ट्रिक गाडी भारतमा लन्ज गर्ने अन्तिम तयारी रहेको छ सस्तो मूल्यमा कार स्वामित्वको सपना पुरा गर्न सुरु भएको नानो अब इलेट्रिक भर्सनमा अटो बजारमा सार्वजनिक हुन लागेको हो ।
२००९ मा सुरू भएको टाटा नानो पहिले सस्तो मूल्यमा दुई पाङ्ग्रे सवारीको विकल्पको रूपमा प्रस्तुत गरिएको थियो । यसको उद्देश्य भारतीय परिवारहरूलाई कार स्वामित्वको पहुँचमा ल्याउनु थियो । टाटा मोटर्सले यसलाई थप पर्यावरणमैत्री र सस्तो बनाउने उद्देश्यले नानो ईभीको रूप लिएको हो । यो नयाँ संस्करणले शहरी यातायातका लागि उपयुक्तता, कार्यक्षमता र किफायती सवारीको आवश्यकता पुरा गर्ने गरी डिजाइन गरिएको छ ।
यसको भित्री भागमा पनि निकै सुधार गरिएको छ । आरामदायक र एर्गोनोमिक सिटिंग, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र स्मार्ट स्टोरेज समाधानले प्रयोगकर्तालाई शहरी यात्रा गर्न सजिलो बनाउँछन्। टाटा नानो ईभीले किफायती र उच्च कार्यक्षमता प्रदान गर्नको लागि ४०–५० बीएचपी पावरको इलेक्ट्रीक मोटर प्रयोग गर्दछ । जसको मूल्य ३ लाख रुपैयाँ तोकिएको छ ।
यसले एक पटक चार्ज गर्दा १५०-२०० किलोमिटरको दायरा दिन्छ, जसले दैनिक यात्रा र छोटो दूरीका लागि उपयुक्त बनाउँछ । रिजनरेटिभ ब्रेकिङ प्रविधि र विभिन्न चार्जिङ विकल्पले यसको कार्यक्षमता र सुविधामा थप वृद्धि गरेको छ ।
सस्तो मूल्य र आकर्षक फिचर भएका कारण यो गाडी पनि नेपालमा छिट्टै आउने अपेक्षा गरिएको छ ।