धौलागिरी लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमास

१६ माघ २०८१, बुधबार १०:०९

काठमाडौं । धौलागिरी लघुवित्तले दोस्रो त्रैमाससम्म कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थ

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी २०६।८१ प्रतिशतले बढेर ६ करोड ४१ लख ३२ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा २० लाख ८१ हजार रुपैयाँ सञ्चालन आम्दानी कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ४ करोड १४ लाख ८३ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसा छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ १७ पैसा ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २२ पैसा छ । चुक्ता पुँजी १३ करोड ३१ लख रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*