युनाईटेड अजोड इन्स्योरेन्सको डिसिईओमा रेना रिजाल नियुक्त हुँदै
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा रेना रिजाल नियुक्त हुने भएकी छिन् । कम्पनीका तत्कालीन डीसीईओ नवीन सुवेदी बाहिरिएसँगै विगत ५ महिनादेखि रिक्त रहेको पदमा रिजाललाई यसै साता नियुक्ति गर्ने तयारी भएको कम्पनीका एक अधिकारीेले बीमापोष्टलाई जानकारी दिएका छन् । रिजाल बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत कुशल र क्षमतावान व्यक्ति हुन् ।
सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीकी उप-महाप्रबन्धक (डीजीएम) रेना रिजाल कम्पनीको डिसिईओ पदको लागि यूनाइटेज अजोड इन्स्योरेन्समा प्रवेश गर्न लागेकी हुन् ।
२०५७ सालमा तत्कालीन एभरेष्ट इन्स्योरेन्समा अफिसरको रूपमा काम सुरु गरेकी रेनाले बैंक हुँदै पुन बीमा क्षेत्रमा नै काम गरेको कार्यअनुभव रहेको छ । रिजालले सानिमा जिआईसीमा समेत राजिनामा दिने प्रस्ताव राखेर स्वीकृत समेत भइसकेको जनाइएको छ ।