नेवि संघका युवा नेता शर्मा स्कुल अफ डेमोक्रेसी रत्न राज्यलक्ष्मी क्याम्पसको अध्यक्षमा मनोनित
काठमाडौँ । नेपाल विद्यार्थी संघ रत्न राज्यलक्ष्मी क्याम्पसका युवा विद्यार्थी नेता हिमेन्द्र शर्मा (विशाल) स्कुल अफ डेमोक्रेसी रत्न राज्यलक्ष्मि क्याम्पसको अध्यक्षमा मनोनित भएका छन । स्कुल अफ डेमोक्रेसीले नेवि संघ नेता शर्मालाई रत्न राज्यलक्ष्मि क्याम्पसको अध्यक्षमा मनोनित गरेको हो ।
१३माघ २०८१मा स्कुल अफ डेमोक्रेसीको विधान ०६८को पहिलो संशोधन ०७७ अनुसार रत्न राज्यलक्ष्मि क्याम्पसको अध्यक्षमा जिम्मेबारी दिएको जनाएको छ ।
नेवि संघ नेता हिमेन्द्र शर्मा (विशाल) बिद्यार्थी सहयोगको लागि आफू समर्पित रहेको र आफुले पाएको जिम्मेबारी कुशलताका साथ पुरा गर्ने प्रण गरेका छन ।
उनी विगत लामो समयदेखि क्याम्पसको राजनीतिमा सक्रिय भएर आम विद्यार्थीहरुका समस्या तथा विभिन्न सार्वजनिक मुद्दामा आवाज उठाउँदै आएका छन्