नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै

१५ माघ २०८१, मंगलवार १३:२१

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने कार्य जारी राखेको छ। आज मंगलबार बोलकबोल प्रक्रियामार्फत ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्न लागेको हो।

केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण (बोलकबोल) मार्फत यो तरलता खिच्न लागेको हो। बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने गरेको छ।

बोलकबोलमार्फत खिचिएको रकमको सावाँ र ब्याज आगामी ६ फागुनमा भुक्तानी हुनेछ। बोलकबोल प्रक्रियामा ब्याजदर बोलबाट तय हुनेछ। यसमा न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सकिनेछ।

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*