लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा सम्पत्ती शुद्धीकरण राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

१४ माघ २०८१, सोमबार १७:१३

काठमाडौं । सम्पत्ति शुद्धीकरण राष्ट्रिय दिवसका अवसरमा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बीमकका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख तथा अन्य सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति पुस १६ गतेको निर्णयबमोजिम सम्पत्ति शुद्धीकरण ऐन, २०६४ जारी भएको दिन माघ १४ गतेलाई सम्पत्ति शुद्धीकरण राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय भएको हो।

कार्यक्रममा बीमा प्राधिकरणका तर्फबाट कार्यक्रमको उद्देश्य, सम्पत्ति शुद्धीकरण भनेको के हो ?, आतंककारी कार्यमा लगानी भनेको के हो ?, अवैध तरिकाबाट आर्जन गरेको सम्पत्तिलाई किन रोक्नुपर्छ र? भन्ने शीर्षकमा कार्यपत्र प्रस्तुत गरिएको थियो।

त्यसैगरी बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको सम्भावित क्षेत्र, सम्पत्ति शुद्धीकरण हुने प्रक्रिया, प्लेसमेन्ट, लायरिङ, इन्टेग्रेसन, रिपाट्रिएसन, सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्था, बीमकले अन्डरराइटिङ गर्दा ध्यान दिनुपर्ने कुरा, बीमकले विद्यमान ग्राहकको पहिचान अद्यावधिक गर्नुपर्ने, बीमकले बीमा व्यवसायको सम्पत्ति शुद्धीकरण सम्बन्धमा जोखिमको वर्गीकरण गर्नुपर्ने, बीमकले ग्राहक पहिचानसम्बन्धी फाराम पूर्ण रुपमा भर्नुपर्ने, बृहत ग्राहक पहिचान अवलम्बन गर्नुपर्ने, एपीजी म्युचुअल इभालुसनबाट प्राप्त भएका कमेन्टका विषयमा कार्यक्रममा छलफल भएको थियो।

त्यस्तै कार्यक्रममा बीमकको निरीक्षणका क्रममा देखएका कैफियतका विषय, ब्यवस्थापन, अन्डरराइटर तथा अभिकर्ताको जिम्मेवारी, शंकास्पद कारोबार कस्तो प्रकृतिको हुन्छ र सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन नियम तथा निर्देशनको पालना नभएमा बीमा ऐनबमोजिम कस्तो दण्ड सजाय हुन्छ भन्ने विषयमा पनि बृहत छलफल भएको थियो।

कार्यक्रमको अध्यक्षता प्राधिकरणको लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापाले गरेका थिए। उनले बीमा क्षेत्रबाट हुन सक्ने सम्पत्ति शुद्धीकरण रोक्न बीमा कम्पनीले सीमा कारोबार, शंकास्पद कारोबार र शंकास्पद क्रियाकलापको पहिचानका साथसाथै सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, नियम तथा बीमा प्राधिकरणले जारी गरेका निर्देशिकालाई पूर्ण रुपमा पालना गर्न तथा गराउन निर्देशन दिए।

कार्यक्रममा बीमा कम्पन्नीबाट उठेका प्रश्न एवं जिज्ञास उपर छलफल गर्दै आगामी दिनमा एएमएलरसीएफटीका सम्बन्धमा थप जिम्मेवार र जबाफदेही बन्दै बीमा क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने प्रतिबद्धता गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*